तराई मधेशमा शितलहर शुरु, विमान सेवा आंशिक रुपमा प्रभावित

जनकपुरधाम । आज बिहानदेखि तराई मधेशका जिल्लाहरूमा शितलहर शुरु भएको छ । बाक्लो हुस्सु सँगै पश्चिम दिशाबाट चलेको वायुका कारणले शितलहर शुरु भएको छ ।
बिहान अत्यधिक मात्रामा हुस्सु लागेका कारण सवारी साधन चलाउनमा समस्या उत्पन्न भएको छ । बिहान सडक हेर्नमा पनि समस्या भएको चालकहरूले जनाएको छ । चिसोका कारणले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी सहितका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।

चिसो बढेसँगै रुघा, कोकी जस्ता समस्याहरू बढ्न थालेको छ । चिसोका कारणले पीडित भएर स्वास्थ्य संस्थाहरूमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । चिसो बढेसँगै वृद्ध, वृद्धा तथा अशक्तहरू पीडित हुन थालेको छ ।
अत्यधिक हुस्सुका कारणले विमान सेवा पनि आंशिक रुपमा प्रभावित हुन थालेको छ । अत्यधिक कुहिरोका कारणले बिहान देखि १ बजेसम्म बुद्ध तथा यतिका गरि ४ वटा जनकपुर–काठमाडौँ र काठमाडौँ –जनकपुरधाम उडान भइसक्नु पर्नेमा १ बजेसम्म हुन सकेको छैन ।









प्रतिक्रिया राख्नुहोस्