तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप फुटबल: दोस्रो सेमिफाइनल खेलमा फ्रान्स र मोरक्को भिड्दै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज बुधबार हुँदैछ ।

कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर उपाधि नजिक पुगिसकेको छ ।

फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएको थियो ।

यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ ।

दुई टोलीबिच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । तर, दुई टोलीबिच अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button