तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट पहिलो उडान गर्ने बुद्ध एयरको तयारी

पोखरा I पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विमानस्थलमा परिक्षण उडान पनि सम्पन्न गरिसकिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरले  गर्ने भएको छ । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन पनि दिइसकेको छ । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तिन स्थानको लागि उडान भर्ने छ । बुद्ध एयरका अनुसार पोखरा–बनारस, पोखरा–दिल्ली र पोखरा–देहरादुन उडान गर्ने योजना बनेको छ । 

विमानस्थलबाट नेपाली विमान कम्पनीहरू बुद्ध एयर सहित हिमालय एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरेको बताइएको छ । यस विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले पनि उडान भर्न चासो देखाएका छन् ।

विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न मिल्ने छ भने आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा विमान उडान तथा अवतरण गर्ने व्यवस्था छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता  रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button