तपाईँ सुन्दै हुनुहुन्छः

रुससँगको युद्धको कूटनीतिक निकास खोज्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले विगत १० महिनादेखि जारी रहेको रुससँगको युद्धको कूटनीतिक निकासका लागि पहल सुरु गर्नुभएको छ ।

यसैक्रममा राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडन लगायत टर्की र फ्रान्सका राष्ट्रपतिहरूसँग भेट्नु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित भिडियो सम्बोधनमा युक्रेनले मित्र राष्ट्रहरूसँग संवाद जारी राखेको र आगामी हप्ता युक्रेनको पक्षमा केही महत्वपूर्ण नतिजा निस्कने बताउनुभयो । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडन फ्रान्सेका राष्ट्रपति इमानूयल म्याक्रोन र टर्कीका राष्ट्रपति रसिप तइयप एर्डोगानसँग एकै दिन भेट्नु सामान्य घटना क्रम नभएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button