तपाईँ सुन्दै हुनुहुन्छः

तिनाउमा नेपाल टेलिकमको टावर बिस्तार 

पाल्पा । सञ्चार सुविधाबाट बञ्चित पाल्पाको तिनाउ–२, दोभानमा टेलिकमको टावर बिस्तार गरिएको छ । यसअघि टावर नहुँदा यस क्षेत्रका मानिस नेपाल टेलिकमको मोबाइल फोन सेवाबाट समेत बञ्चित हुनुपरेको थियो ।

दोभानको माराबासमा टेलिकमको टावर जडानसँगै सुचारु भएपछि यस क्षेत्रका नागरिकलाई टेलिकमको सहज पहुँच बिस्तार भएको तिनाउ गाउँपालिका–वडा नं. २ का पूर्व अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

उहाँको अनुसार नयाँ टावर बिस्तार गरेपछि दोभानको झ्याङ्ला, बगाहा, नुवाकोट, खुर्साने, हरियाली गाउँ, सुकेतालका स्थानीय बासिन्दालाई सेवा पाउन सहज हुनेछ । यसअघि यस क्षेत्रमा टेलिकमको टावर नटिप्दा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका थिए । अब फोन गर्न, इन्टरनेट सुविधा लिन सहज भएको स्थानीय बासिन्दाको भनाइ छ ।

टेलिकमको टावर बिस्तारका लागि वडा कार्यालयको बजेट, नेपाल टेलिकमको बजेट तथा स्थानीय बासिन्दाको श्रमदानबाट सम्पन्न भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button