तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सहयोग

काठमाडौँ I विश्व स्वयंसेवक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले असहाय गाई बाच्छा संरक्षण अभियानका लागि रु १५ हजार एक सय सङ्कलन गरी हस्तान्तरण गरेको छ ।

शान्ति समाज काठमाडौँ शाखाको तर्फबाट असहाय गाई बाच्छाको भोजनका लागि रु १५ हजार एक सय बराबरको खाद्यान्न उपलब्ध गराइएको अध्यक्ष भगवान् पुडासैनीले जानकारी दिनुभयो । सो अभियानले सडकमा छोडिएका करिब दुई सय गाई बाच्छालाई सहारा दिँदै आएको छ । यसका  लागि पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा करिब एक सय रोपनी जग्गा उपलब्ध गराएको छ ।

यसै अवसरमा वाग्मती नदी किनारमा विभिन्न जातका फलफूलका बिरुवासमेत रोपिएको छ । कफी तथा जामुनका बिरुवा रोपिएको छ । ती बिरुवा हुर्काउने प्रतिबद्धतासमेत व्यक्त गरिएको उहाँले सुनाउनुभयो । समाजले नियमितरूपमा वृक्षारोपण अभियान पनि चलाउँदै आएको छ ।

स्वयंसेवक दिवसकै अवसरमा शाखाले वाग्मती सफाइसमेत सम्पन्न गरेको छ । शाखा गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानमा सहभागी हुँदै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button