तपाईँ सुन्दै हुनुहुन्छः

माया हत्याका आरोपी कञ्चनपुरबाट पक्राउ

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४, की माया लुहारको हत्या आरोपित शिवनाथ–४, का सशस्त्र प्रहरी जवानसमेत रहेका भरत कोली पक्राउ गरेका छन् ।

कोलीलाई प्रहरीको विशेष सुरक्षा टोलीले कञ्चनपुरबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भोला रावलले बताउनुभयो ।

पक्राउ परेका कोलीलाई बैतडी प्रहरीको समन्वयमा बैतडी पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

आरोपित कोली पक्राउ परेको विषयमा खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button