अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण
बारा । अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बाराको सिमरामा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरणसम्बन्धी अभिमुखीकरण र सहायक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जीतपुरसिमरा लायन्स क्लबले प्रदान गरेको सात वटा व्हील चेयर अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गरिएको थियो ।
‘समावेशी विकासका लागि रूपान्तरित समाधान, पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान’ मुल नारा तय गरिएको कार्यक्रमको सह आयोजक नेपाल अपाङ्ग सेवा संघ बारा रहेको थियो ।
कार्यक्रमको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । कार्यक्रममा चौधरीले आफूले प्राप्त गर्ने संसदीय बजेटबाट अपाङ्गता क्षेत्रको लागि रकम छुट्टाउने बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप प्रमुख भोला प्रसाद अधिकारीले अपाङ्गता व्यक्तिहरूलाई स्वरोजगार बनाई स्वावलम्बी बनाउन विभिन्न किसिमको तालिम समय-समयमा उपमहानगरले प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी छुट्टै बजेटको व्यवस्था गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्