तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता

बाजुरा। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राख्नुभएको छ ।

बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार चार सय २४ मतले अग्रता लिनुभएको छ ।

उहाँले ११०७६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले ८८५२मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button