तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा प्रतिनिधि सभामा कांग्रेस र प्रदेश सभामा एमाले र समाजवादी अगाडि

बाजुरा।बाजुरामा प्रतिनिधिसभाको हाल सम्मको परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बिहान साढे ७ बजे गराएको जानकारी अनुसार पाण्डेले ५हजार३सय९९मत ल्याएर अगाडि छन् भने उहाँलाई नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाले ४हजार१सय३०मतका साथ पछ्याइरहनु भएको छ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क)तर्फ एकीकृत समाजवादीका उम्मेदवार नरेश कुमार शाहि २६सय ६४मतका साथ अगाडि हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बल्देब रेग्मीले ११सय २७मत ल्याउनु भएको छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर बिकले २सय ५३ मत पाउनु भएको छ।

प्रदेश निर्वाचन क्षेत्र (ख)मा भने नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापा-१३सय५२मतका साथ अगाडि हुनुहुन्छ ।उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर शाहीले १हजार २मतका साथ पछ्याइरहनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button