दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता
दोलखा।दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा बहादुर कार्कीले अग्रता लिनुभएको छ । कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार चार सय ७ मतले पछि पार्नुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म माओवादी केन्द्रका उम्मेदवार कार्कीले २ हजार तीन सय ३९ मत तथा एमालेका शिवाकोटीले ९ सय ३२ मत प्राप्त गर्नुभएको छ ।
दोलखामा गएरातीबाट मत गणना सुरु भएको हो । दोलखाको २ वटा गाउँपालिकाको १० वटा मतदान केन्द्रमा हिजो पुनः मतदान भएपछि मतगणना सुरु भएको हो ।
दोलखाको १० वटा मतदान केन्द्रमा हिजो भएको निर्वाचनमा ४ हजार २ सय ५७ अर्थात ४९ दशमलब ८ प्रतिशत मत खसेको हो । ८ हजार ५ सय १४ मतदाता रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्