मन्त्री कार्कीको अग्रता कायमै : ३१ मतले अगाडि
सुनसरी। सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गर्नुभएको छ । उहाँले ३१मतले अग्रता कायम गर्नुभएको हो ।
उहाँले ३० हजार १७० मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १३९ मत प्राप्त गर्नुभएको छ । अब ७५८मत गर्न बाँकी रहेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्