तपाईँ सुन्दै हुनुहुन्छः

मङ्सिर २७ सम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने : मन्त्री चौधरी

मेलम्ची । खानेपानी मन्त्री उमाकान्त चौधरीले मङ्सिर २७ गतेसम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । 

मङ्गलवार  मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहान स्थल अम्बाथान पुग्नु भएका मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो   । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १०देखि १२  दिन पछि  काठमाडौँमा  पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button