तपाईँ सुन्दै हुनुहुन्छः

इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

काठमाडौं । सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे ।

इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए ।यस जितसँगै सेनेगल समूह ‘ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।

सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।सेनेगलले ३ खेलमा ६ अंक जोड्यो ।इक्वेडर समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button