विश्वकप फुटबल : नेदरल्यान्ड्स समूह विजेता
काठमाडौं । नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे ।यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो ।
नेदरल्यान्ड्स समूह ‘ए’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।कतारले ३ खेलमा अंक जोड्न सकेन। कतारले पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्