तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको अपराजित यात्रा जारी

काठमाडौँ । काठमाडौँमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

चौथो खेलमा जितको लय कायम राख्ने क्रममा बागमतीले कर्णाली प्रदेशलाई पराजित गरेको हो । टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १ सय ३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । अपराजित बागमती आजको खेलमा जित हात पारेर ८ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा कायमै छ । बागमतीसँग पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button