तपाईँ सुन्दै हुनुहुन्छः

झापाका दुई पालिकामा हात्तीपाइले रोग निवारण सम्बन्धी सर्भे गरिने

भद्रपुर झापा । झापामा हात्तीपाइले रोग निवारण सम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ ।

झापाको दुई पालिकामा सेम्पल हात्तीपाइले रोग निवारण सम्बन्धी सर्भे गरिने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापाको कचनकवल गाउँपालिका गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको परीक्षण किटबाट १० मिनेटमै नतिजा आउने उहाँले बताउनुभयो । 

सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन–तीन सय स्थानीयवासीको रगत परीक्षण गरिनेछ । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे/नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताउनुभयो ।

सर्वेक्षणमा नतिजा सकारात्मक आए अभियान सफल हुनेछ र माघ अन्तिममा १२ औँ पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निर्मूल भएको जिल्ला घोषणा गरिने छ । 

गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button