रुपन्देहीका पाँच वटै क्षेत्रको मतगणना सम्पन्न
रुपन्देही । रुपन्देहीका पाँच वटै क्षेत्रको मतगणना सकिएको छ ।
रुपन्देहीबाट प्रतिनिधिसभामा एमाले ३, राप्रपा १ र लोसपाले १ जितेका छन् । रुपन्देहीमा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचन क्षेत्र १० रहेका छन् ।
क्षेत्र नं १ बाट प्रतिनिधिसभामा एमालेका छविलाल विश्वकर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार घनश्याम भुसाललाई हराउँदै विजयी हुनुभयो । यहाँको प्रदेश १ बाट राप्रपाका आशिष चौधरी र २ बाट कांग्रेसका अब्दुल रज्जाक विजयी हुनुभएको छ ।
क्षेत्र नं २ बाट प्रतिनिधिसभामा एमालेका विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गर्दै विजयी हुनुभएको छ । यो क्षेत्रको प्रदेश १ मा एमालेका लिला गिरी र प्रदेश २ मा भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ ।
क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा राप्रपा उपाध्यक्ष दिपक बोहोराले नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी हुनुभएको छ ।
क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा लोसपाका सर्वेन्द्रनाथ शुक्लले नेपाली कांग्रेसका प्रमोद यादवलाई पराजित गर्दै विजयी हुनुभएको छ । यहाँबाट प्रदेश १ मा लोसपाका कन्यैया बानिया र २ मा नेपाली कांग्रेसका बसिउद्दिन खा विजयी हुनुभएको छ ।
क्षेत्र न ५ प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरेले कांगेसका भरत शाहलाई पराजित गर्दै विजयी हुनुभएको छ । यहाँबाट प्रदेश १ मा एमालेका भूमिश्वर ढकाल र २ मा जनमत पार्टीका सिके गुप्ता विजयी हुनुभएको छ ।
सबै क्षेत्रमा विजयी उम्मेदारहरुलाई निर्वाचन कार्यालयले प्रमाणपत्र वितरण गरिसकेको छ । जिल्लामा कुल जनसङ्ख्या ८ लाख ७४ हजार ६०६ रहेको छ । यहाँ ६ लाख ३८ हजार ९५२ मतदाता रहेका छन् । जसमा ३ लाख २७ हजार ४३३ जना पुरुष छन् भने ३ लाख ११ हजार ५११ जना महिला छन् ।







प्रतिक्रिया राख्नुहोस्