तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रे–२ (२)मा बादे निर्वाचित

काभ्रे। काभ्रेको क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा ( एमाले) का कुमार थापाले २१ हजार नौ सय ५७ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचित बादेले यसअघि विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बाँस्कोटालाई पराजित गर्नुभएको थियो । विजयी बादे नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्रीसमेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button