तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा एमालेका बसन्तको ह्याट्रिक जित

पाँचथर I पाँचथरको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वसन्त कुमार नेम्बाङ विजयी हुनु भएको छ  ।

नेपाली कांग्रेसका उम्मेदवार भिस्मराज आङ्देम्बेलाई ४७ मत मतले पछि पार्दै नेम्बाङ विजयी हुनु भएको हो । आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गर्दा नेम्बाङले ३२ हजार १ सय १० मत प्राप्त गर्नुभएको छ । 

२०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा पहिलो पटक प्रतिस्पर्धी बनेका नेम्वाङसँग आङदेम्बे १० हजार ६ सय १६ मतान्तरले पराजित हुनु भएको थियो । त्यसबेला नेम्वाङ वाम गठबन्धनका संयुक्त उम्मेदवार हुनुहुनथ्यो । नेम्बाङले ३८ हजार ६ सय १६ मत प्राप्त गर्दा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गर्नु भएको थियो  ।  

२०७४ अघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुई पटक चुनाव जित्नु भएको थियो भने कांग्रेस नेता आङ्देम्बेले चार पटक चुनाव लड्दा एकपटक जित्नु भएको थियो । आङ्देम्बेले क्षेत्र नम्बर २ र नेम्वाङले क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । आङ्देम्बे २०७० मा भएको संविधानसभा चुनावमा निर्वाचित हुँदा नेम्वाङ भने आम चुनावहरू २०४८ र २०५६ मा निर्वाचित हुनु भएको थियो । यो जित सँगै जिल्लमा नेम्बाङको ह्याट्रिक जित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button