कैलाली १ मा नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी
कैलाली । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी हुनुभएको छ ।
श्रेष्ठ ३० हजार ४०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभएको छ ।

अध्यक्ष श्रेष्ठ २०७२ सालमा भएको टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहनुभएका कैलाली १ बाट २०७४ मा निर्वाचित पूर्व सांसद रेशमलाल चौधरीकी श्रीमती हुनुहुन्छ भने रामजनम नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्