सप्तरी ३ मा कांग्रेसका यादव विजयी
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादव २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्