तपाईँ सुन्दै हुनुहुन्छः

प्रकाश रावल पुनः निर्वाचित

काठमाडौँ ।सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल फेरि प्रदेशसभामा निर्वाचित हुनुभएको छ । कञ्चनपुर क्षेत्र नं ३ को प्रदेशसभा १ बाट रावल प्रदेशसभा सदस्य चुनिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रावल आठ हजार सात सय १८ मतसहित निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले छ हजार आठ सय ५८ मत ल्याउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का टेकेन्द्रप्रसाद भट्टले छ हजार एक सय ९५ मत ल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button