तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर प्रदेशसभा ‘२’ मा माओवादी केन्द्रका आङ्बो निर्वाचित

पाँचथर।पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर आङबो विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार आङबोले नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । आङबो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको हो ।

एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत प्राप्त गर्दा आङबोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ३४ हजार ९ सय ८० मत खसेको थियो ।

पाँचथरको फिदिम ११ का ४० बर्षीय आङबो २०७४ सालको आम निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य रहेका आङबो एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुनुहुन्छ ।

जिल्लामा आङबोलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले साथ दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button