तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक प्रदेशसभा : माओवादी केन्द्रका दुलाल र पौडेल विजयी

काठमाडौँ ।सिन्धुपाल्चोक–१(२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी हुनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गर्नुभएको छ ।

सिन्धुपाल्चोक –२, प्रदेशसभा (१) मा पनि माओवादी केन्द्रका युवराज दुलाल विजयी हुनुभएको छ । उहाँले २० हजार नौ सय छ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका अमानसिं तामाङले १२ हजार एक सय ३९ मत प्राप्त गर्नुभएको छ ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको जिल्लामा १ प्रतिनिधिसभा र ३ प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस एक र माओवादी केन्द्रले तीन गरी चार उम्मेदवार विजयी भई सकेका छन् । प्रतिनिधिसभा–२ मा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेत २१ हजार सात सय सय ४९ मतसहित अग्रतामा हुनुहुन्छ ।

उहाँलाई एमालेका शेरबहादुर तामाङले १२ हजार चार सय ४० मतसहित पछ्याइ रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button