मोरङ–४ : प्रदेशसभा (१) मा एमाले विजयी
काठमाडौँ।मोरङ–४ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उहाँले चार सय छ मतान्तरले विजयी हुनुभएको छ । चौधरीले १५ हजार चार सय ६४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले १५ हजार ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण माझी थारुले तीन हजार ९नौ सय ३५ मत प्राप्त गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्