तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाही–३ प्रदेश (२) बाट जसपाका यादव पुनः विजयी

काठमाडौँ ।सर्लाही–३ प्रदेशसभा (२) मा जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादव विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार सरोजकुमार रायलाई करिब पाँच हजार मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

यादवले १३ हजार एक सय ९० मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी रायले आठ हजार तीन सय ४८ मत मात्र पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका अनुसार यादवले चार हजार आठ सय ४२ मतान्तरले रायलाई पराजित गर्नुभएको हो । कांग्रेसका उम्मेदवार हरेसप्रसाद महतोले आठ हजार ३५ मत ल्याउनुभएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (२) बाट जनता समाजवादी पार्टी(जसपा)बाट यादवले विसं २०७४ को निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।

जिल्लामा तीन प्रदेशसभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भई सकेकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button