जुम्ला १ (१) मा स्वतन्त्र उम्मेदवार शाही विजयी
जुम्ला।जुम्ला प्रदेश (क)मा स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाही विजयी हुनु भएको छ । नेपाली काँग्रेसका प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजंग शाहीलाई १ हजार ८९९ मतान्तरले पछि पार्दै काँग्रेसकै बागी तथा स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाही विजयी भएका हुन् ।
प्रदेश (क)मा खसेको कुल २४ हजार ६५५ मध्य निर्वाचित शाहीले ९ हजार ६५४मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी शाहीले ७ हजार ७५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले बताए । उनका अनुसार एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४७० त ल्याए । भने १ हजार ८२ म बदर भएको छ ।
पार्टीले नपत्याएको र अन्याय गरेको भन्दै बागी उम्मेदवारी दिएका शाही स्वतन्त्रबाट निर्वाचित हुने नेपालकै पहिलो उम्मेदवार हुन् । उनलाई काँग्रेसी लगायत एमाले,माओवादी र राप्रपाका कार्यकर्ताले लोकप्रिय मत दिएका छन् ।
२०६४ साल यताका कुनै पनि निर्वाचनमा सांसद नदोहोराएका जुम्ली मतदाताले पनि यस पटक पनि प्रदेश सभामा नयाँ पात्रहरूलाई अनुमोदित गरेका छन् । भने उता प्रतिनिधि सभामा पनि राप्रपाका ज्ञानेन्द्र बहादुर शाही गठबन्धनका गोमा कुँवरलाई दोब्बर मतले पछि पार्दै विजयी हुने सुनिश्चित छ ।
प्रतिनिधि सभाको मत गणना जारी रहँदा राप्रपाका शाहीले सुरुदेखिनै दोब्बर अग्रता कायम गर्दै आएका छन् । बिहीबार बिहान सम्म प्रतिनिधि सभाको अन्तिम नतिजा आउने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
को हुन् देवेन्द्र शाही
जुम्ला प्रदेश (१) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाही चन्दननाथ नगरपालिका १० वारकोटेबाडा निवासी हुन् । बुबा नरविर शाही र आमा कला शाहीको कोखबाट वि.स.२०१९ साल कात्तिक १९ गते जन्मीएका शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षाबाट प्राविधिक शिक्षा हासिल गरेर सिटिईभिटीमा करिब १५ वर्ष जागिर गरेका थिए ।
वि.सं २०४६ सालमा जनमोर्चामा आबद्ध थिए । भने २०५६ सालमा जनमोर्चाबाट राजीनामा दिएपछि २०५८ साल स्व.मानव सेजुवालको प्रेरणाले नेपाली काँग्रेसको क्रियाशील सदस्य लिएर राजनीतिमा होमिएका थिए ।
जिल्ला कमिटीको कोषाध्यक्षको जिम्मेवारी समाल्दै १२ औँ महाधिवेशनमा तेस्रो नम्बरमा १४ औ महाधिवेशनमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा समेत चुनिएका थिए । त्यस पश्चात् काँग्रेसको सङ्गठन विभाग समेत सम्हालेका शाहीले सामाजिक हितका थुप्रै काम गरेका छन् ।
वि.सं २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको बाम गठबन्धन हुँदा प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए । त्यतिबेला काँग्रेसको मत ११ हजार मात्रै हुँदा लोकप्रियताका कारण १४ हजार २ सय मत ल्याएर पराजय भएका थिए । निर्माण व्यवसायीको पृष्ठभूमिबाट राजनीतिमा आएका शाही समयमै गुणस्तरीय पूर्वाधार संरचना निर्माण गर्ने निर्माण व्यवसायी मध्य एक हुन् । उनको सरल स्वभाव र जनमैत्री काम गर्ने शैलीका कारण स्वतन्त्र उम्मेदवारी दिँदा पनि लोकप्रिय मत पाउन सफल भएको शाहीको दाबी छ ।
पार्टीले टिकट नपत्याएपछि स्वतन्त्र उम्मेदवारी दिएका शाही हाल लोकप्रिय मतले विजयी भएका शाहीले निर्वाचित भइसकेपछि पत्रकारसँग बोल्दै आफ्नो जीत नै समग्र जनताको जीत भएको बताएका छन् । जुम्लाको आर्थिक समृद्धि,रोजगारी सृजना,दिगो विकास सँगै कृषि क्षेत्रमा विशेष प्राथमिकता दिने बताउनुभयो ।
किसानकै छोरा भएकोले जुम्लाको स्याउ,सिमि,ओखर,मार्सी चामल लगायतका कृषि उपजको उत्पादन वृद्धि,सङ्कलन तथा बजारीकरणमा टेवा पुग्ने नीति निर्माणमा जोड दिने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्