तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बु प्रदेशसभा २ मा एमालेका राजभण्डारी निर्वाचित

सोलुखुम्बु। एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभा २ मा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । उहाँले १० हजार एक सय २८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिवबहादुर बस्नेतले छ हजार आठ सय १५ मत प्राप्त गर्नुभएको छ । 

एमालेका राजभण्डारीले उहाँका निकटतम प्रतिद्वन्द्वी बस्नेतलाई तीन हजार तीन सय १३ मतले पछि पार्नुभएको हो । कूल १९ हजार नौ सय चार मत खसेको यस प्रदेशसभा एमालेका राजभण्डारी दोस्रो पटक निर्वाचित हुनुभएको हो । उहाँ यसअघि पनि यो क्षेत्रबाट निर्वाचित भएर १ नं प्रदेशको नेकपा (एमाले) को प्रमुख सचेतक बन्नुभएको थियो । 

सम्पन्न मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार महेश रानामगरले एक हजार ९०, राप्रपाका प्रेमहरि दाहालले तीन सय ४८, मङ्गोल नेशनल अर्गनाइजेसनका शान्तिमाया मगरले ८१ मत र नेमकिपाका कमलबहादुर मगरले ९० मत ल्याउनुभएको छ । प्रदेशसभा १ तर्फ भने लोकतान्त्रिक–वाम गठबन्धनका गोम्बु शेर्पाले अग्रता लिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button