तपाईँ सुन्दै हुनुहुन्छः

झापा २ बाट एमालेका देवराज घिमिरे निर्वाचित

झापा । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपाललाई २२९७ मतले पराजित गर्दै घिमिरे निर्वाचित हुनुभएको हो । घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत प्राप्त गर्नुभयो ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा माओवादी (केन्द्र)–का हरिकुमार रानाले १३ हजार ७१४ मत ल्याउनुभयो ।

झापा २ मा ८४ हजार ५८९ मत खसेको थियो । त्यस्तै ४ सय अस्थायी मतदाताले पनि मतदान गरेका थिए । ५४९६ मत बदर भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button