तपाईँ सुन्दै हुनुहुन्छः

मधेसका मुख्यमन्त्री राउत पुनः प्रदेशसभामा निर्वाचित

पोखरिया । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button