सिन्धुपाल्चोकमा दिउँसो मतगणना हुने
सिन्धुपाल्चोक।सिन्धुपाल्चोकको मतगणना दिउँसोबाट सुरु हुने भएको छ । सिन्धुपाल्चोक १को तेम्बाथान बाहेकका मतपेटिका संकलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो ।
केहिबेरमा सर्वदलिय बैठकको समय निर्धारण गरिने उहाँले बताउनुभयो । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको उहाँको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ को मतगणना दिउँसो ३ बजेपछि गर्नेगरी तयारी भएको छ । क्षेत्र न २ का२ बजे मतगणना सुरु गरिने बताईएको छ । सिन्धुपाल्चोकमो क्षेत्र नम्बर १ मा मूख्य प्रतिस्पर्धीका रुपमा गठबन्धनका तर्फबाट माओवादीका माधवप्रसाद सापकोटा सुबोध र एमालेका सरेश नेपालबीच प्रतिस्पर्धा हुने अनुमान छ ।
भने, २ मा गठबन्धनका तर्फबाट कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङ मूख्य प्रतिस्पर्धीका रुपमा छन् ।








प्रतिक्रिया राख्नुहोस्