गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मत आजबाट गणना गरिने
गोरखा । निर्वाचन क्षेत्र नम्बर २ गोरखाको सबै मतपेटिका गोरखा जिल्ला सदरमुकाम आइपुगेको छ । निर्वाचन कार्यालय दल भञ्ज्याङमा १४६ वटै केन्द्रका मतपेटिका आइपुगेको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले बताउनुभयो ।
आज बिहान १० बजे सर्वदलीय बैठक बसेर मत गणनाको थालनी गरिने उहाँले जानकारी दिनुभयो । कुल मतदाता एक लाख पाँच हजार २४० रहेको यस केन्द्रमा ५३ हजार ९७८ मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।
यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अब्दुस सलाम मिया र राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीका बिच प्रतिस्पर्धा हुने देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्