तपाईँ सुन्दै हुनुहुन्छः

८ दिनभित्र मतगणना सम्पन्न गछौं : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ८ दिनभित्रमा मतगणना सम्पन्न गर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि साँझ आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले ८ दिनभित्रमा निर्वाचनको नतिजा सार्वजिन गरिसक्ने बताउनुभएको हो ।

उहाँले चार प्रकारको मतपत्रको गणना पनि एकैपटक हुने बताउनुभयो । आयोगको प्रारम्भिक अनुमान अनुसार देशभरबाट करिब ६१ प्रतिशत मात्रै मतदान भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button