अपाङ्गता भएका व्यक्तिहरूद्वारा सहज रुपमा मतदान
बारा । बारा जिल्लाका मतदान केन्द्रहरूबाट अपाङ्गता भएका व्यक्तिहरूले सहज रुपमा मतदान गरेका छन् ।

नेत्रहीन युवा संघ नेपालले विभिन्न जिल्लाहरूमध्ये बाराका १० वटा मतदान केन्द्रहरूमा अनुगमन गर्दा यस्तो पाएको नेत्रहीन युवा संघ नेपाल बाराका कार्यक्रम संयोजक विष्णु दाहालले जानकारी दिनुभयो ।

विगतमा हुने निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदान केन्द्रहरू पहुँचयुक्त नहुँदा भोग्नुपरेका समस्याहरू यसपालिको निर्वाचनमा नदोहोरियोस् भने हेतुले मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरिएको थियो ।

नेत्रहीन युवा संघ नेपालको पैरवी र सरकारलाई पटक पटक ताकेता गर्दा सय भन्दा बढी मतदान केन्द्रहरू पहुँचयुक्त ढाँचामा निर्माण भएको र अपाङ्गता भएका व्यक्तिहरूले सहजै वातावरणमा विगतका निर्वाचन भन्दा यसपालिको निर्वाचनमा सहभागी भएको नेत्रहीन युवा सङ्घले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्