अरूको नाममा मत खसाल्न खोज्ने दुई महिला पक्राउ
बारा । बाराको कोल्हवीमा अरूको नाममा मत खसाल्न खोज्ने दुई महिला पक्राउ परेका छन् ।
कोल्हवी नगरपालिका १ मा रहेको खैरा मतदान केन्द्रमा दुई महिलाले अरूको नाममा मत खसाल्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको थियो । मतदान केन्द्रमा खैरा वडा न.१ कै निर्मला खनाल र सरिता खनालले अरूको नाममा मतदान गर्ने प्रयास गरेपछि स्थानीयले बाहिरबाट हो-हल्ला गरेका थिए ।
लगत्तै ईलाका प्रहरी कार्यालय कोल्हवीले ती महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष कुमार दाहालले बताउनुभयो । केही समय स्थगित रहेको मतदान पुनः सुचारु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्