तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा करिब ६० प्रतिशत मत खस्यो

पाल्पा । पाल्पामा करिब ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । स्थानीय निर्वाचन भन्दा पाल्पामा कम मत खसेको हो ।

जिल्लामा दुई स्थानमा बाहेक अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रुक्मांगद अर्यालका अनुसार तानसेनको जनप्रिय मावि बर्तुङ्गको (क) केन्द्र र दमकडाको (ग) मतदान स्थलमा मतपेटिकामा मतपत्र राख्दा फरक परेकाले पुनः मतदान गरिएको थियो ।

पाल्पा क्षेत्र नम्बर १ को रामपुरस्थित नापी कार्यालयको भवनमा मत गणना हुने छ भने क्षेत्र नम्बर २ को तानसेनस्थित बाल मन्दिरमा हुने छ ।

मतपेटिका जिल्लाका ११८ मतदान स्थलका २ सय ४६ मतदान केन्द्रका साथै दुई अस्थायी मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालय रामपुर र तानसेन ल्याउने क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button