बाँकेमा करिब ६५ प्रतिशत मत खस्यो
नेपालगञ्ज । बाँकेमा करिब ६५ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बाँकेमा करिब ६५ प्रतिशत मत खसेको जानकारी दिनुभयो । ‘अन्तिम रुजु हुन त बाँकी छ, तर, प्रारम्भिक विवरण अनुसार यहाँ करिब ६५ प्रतिशत मत खसेको छ उहाँले भन्नुभयो ।
पन्तले अहिले मतदान केन्द्रहरूबाट मतगणना स्थलसम्म मतपेटिका लैजाने काम भइरहेको बताउनुभयो । बाँकेमा ३ लाख ३२ हजार २ सय ३१ जना मतदाता छन् ।






प्रतिक्रिया राख्नुहोस्