तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा भेटिएको शङ्कास्पद बस्तु सेनाद्वारा निष्क्रिय 

धनगढी । मतदानको दिन आज कैलालीका विभिन्न ठाउँमा भेटिएका शङ्कास्पद बस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बडैपुर र लम्कीमा फेला परेका शङ्कास्पद बस्तु निष्क्रिय पारेको प्रहरीले जनाएको छ । 

यसैबिच धनगढी उपमहानगरपालिका २ शारदा मावि मतदानस्थल नजिक केहीवेर अघि शङ्कास्पद विष्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको कैलालीका डिएसपी बेद जोशीले बताउनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख घटनास्थल पुगेर विस्फोटबारे जानकारी लिनु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले  सुरक्षा व्यवस्थालाई चुस्तदुस्त बनाउँदै सबै निर्वाचनका लागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको बताउनु भयो । उहाँले जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button