तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा २१ प्रतिशत मत खस्यो, शिखमा मतदान रोकियो

म्याग्दी। हिमाली जिल्ला म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदान सुरु भएको साढे पाँच घण्टाको अवधिमा २१ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालका अनुसार दिउँसो १२ः३० बजेसम्म १७ हजार नौ सय ७५ मत खसेको छ । कुल मतदाताको २१ प्रतिशत मत खसेको उहाँले बताउनुभयो ।

म्याग्दी जिल्ला अदालतका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत नेपालले जिल्लाका ८२ स्थानका ११९ मतदान केन्द्र र एउटा अस्थायी केन्द्र गरेर १२० वटै केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको बताउनुभयो।

त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक मतपेटिकामा खसेको भन्दै विवाद भएपछि अन्नपूर्ण गाउँपालिका–५ शिखमा मतदान रोकिएको छ । प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसेको भन्दै विवाद भएको थियो । शिख मतदान केन्द्रको बुथ ‘क’ मा १५८ र मतदान केन्द्र ‘ख’ मा १५५ मत खसेपछि मतदान रोकिएको शिखका मतदान अधिकृत ताराबहादुर थापाले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button