सिन्धुपाल्चोकमा २८ प्रतिशत मतदान
सिन्धुपाल्चोक।जिल्लामा साढँे १२बजे सम्ममा २८प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट बाहेक शान्तिपूर्ण रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित १ सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताउनुभयो। ती स्थलको ३ सय २१ मतदान केन्द्रमा मतदान सुरु भएको छ, ।
अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उहाँले बताउनुभयो ।
बिहान ७ बजे अगावै मतदाताहरु मतदानका लागि केन्द्रहरुमा लामवद्ध भएका थिए । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ । २ प्रतिनिधि तथा ४ प्रदेश सभा निर्वाचनको लागि सिन्धुपाल्चोकमा जम्मा २ लाख ६० हजार २ सय ७३ जना मतदाताहरु छन । जसमा १ लाख ३४ हजार ८ सय १५ पुरुष र १ लाख २५ हजार ४ सय ५८ महिला हुन ।








प्रतिक्रिया राख्नुहोस्