तपाईँ सुन्दै हुनुहुन्छः

अर्जुननरसिंह केसीद्वारा मतदान

काठमाडौं।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आज एकै दिन देशभर जारी छ ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार लगायत आम मतदाताले मतदान गरिरहनुभएको छ ।

नेपाली कांग्रेसका नेता एवं नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार अर्जुननरसिंह केसीले नुवाकोट आदर्श बहुमुखी केन्द्रबाट मतदान गर्नुभयो ।

यस्तै एमाले नेता एवं नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार नारायण प्रसाद खतिवडाले तारकेश्वर गाउपालिकाको श्रीकृष्ण मावी केन्द्रबाट मतदान गर्नुभयो ।

यसैगरी पाँचथरको कुम्मायक गाउँपालिकामा दुई घन्टा स्थगित भएको मतदान पुन सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button