तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो : डा कोइराला

file photo

मोरङ I नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं  मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताउनुभएको छ ।

डा कोइरालाले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थिरता र भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने धारणा राख्नुभयो ।

नेता कोइरालाले काँग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र काँग्रेसको नेतृत्वको दाबेदारी रहने बताउनुभयो । उहाँले निर्वाचनको परिणामपछि कांग्रेस कस्को नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताउनुभयो । 

 निर्वाचनपछि सुशासन दिने प्रष्ट पार्दै उहाँले भन्नुभयो  “हामी पारदर्शी, जनताप्रति जबाफदेही र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ भने सरकार परिवर्तन हुन्छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button