सिन्धुपाल्चोक जिल्लैभर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सुरु
सिन्धुपाल्चोक।सिन्धुपाल्चोक जिल्लैभर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले शान्त र भयरहित वातावरणमा चुनाव सुरु भएको जानकारी दिनुभयो ।जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित १ सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताउनुभयो। ती स्थलको ३ सय २१ मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
बिहान ७ बजे अगावै मतदाताहरु मतदानका लागि केन्द्रहरुमा लामवद्ध भएका थिए । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।सभामुख अग्निप्रसाद सापकोटाले आज (२०७९ मङ्सिर ४ गते) विहान सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नु भएको छ।
सिन्धुपाल्चोक २ का एमाले उमेद्वार शेरबहादुर तामाङले मेलम्ची ११ जागेश्री आबि, गठबन्धनका साझा उम्मेदवार मोहनबहादुर बस्नेतले उनले क्षेत्र नं. १ मा पर्ने गृहनगर बाह्रविसेस्थित क्षमादेवी मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो । क्षेत्र फरक परेकाले उनले आफ्नो मत आफैँलाई भने पाएनुभएन । एमाले उम्मेदवार सरेश नेपालले गृहगाउँ पांग्रेटारस्थित केन्द्रबाट भोट दिनुहुने छ ।
क्षेत्र नं. १ मा गठबन्धनमा माओवादीका माधव सापकोटा सुबोध उम्मेदवार रहनुभएको छ ।राप्रपाका समानुपातिक उम्मेदवार पशुपतिशमसेरले पाँचपोखरी १ बाट मतदान गर्नुहुने छ ।








प्रतिक्रिया राख्नुहोस्