तपाईँ सुन्दै हुनुहुन्छः

जेष्ठ नागरिकबाट मतदान शुरु

अछाम।अछामका मतदान केन्द्रहरुमा मतदान कार्य शुरु भएको छ । विभिन्न ठाउँमा विभिन्न व्यक्तित्वबाट मतदान गर्ने कार्य शुरु भएको हाे ।

जिल्लाका विभिन्न मतदान केन्द्रमा जेष्ठ नागरिकबाट मतदान गर्ने कार्य शुरु भएको छ ।जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ काे गंगामावि मतदान केन्द्रमा ८४ बर्षका जेष्ठ नागरिक केशे भण्डारीले पहिलाे मतदान गर्नुभयो ।

पहिलाे मतदान आफ्नाे केन्द्र जेष्ठ नागरिकबाट भएको गंगा माविका मतदान अधिकृत भीम बहादुर सिंहले बताउनुभयो ।आफ्नाे केन्द्रमा शान्तिपूर्ण रुपमा भैरहेकाे उहाँले बताउनुभयो । यश मतदान केन्द्रमा ९२३ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button