तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

पर्वत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि `क´ केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँले पशुपति केन्द्रबाट बिहान ७:३० बजे मतदान गर्नुभएको हो।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुग्नुभएको थियो।

प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button