तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार र प्रतिनिधिहरू मतदान केन्द्रबाट ५०० मिटर पर रहनुपर्ने

गोरखा । आइतबार हुने निर्वाचनमा गोरखामा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिका रुपमा खटिएकाहरू मतदान केन्द्रको पाँच सय मिटरभित्र जान नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीबाट सवारी अनुमति पास नलिएका साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button