तपाईँ सुन्दै हुनुहुन्छः

मतपेटिका सुरक्षाको लागि मतदान केन्द्रका कर्मचारीहरू भुईँमै सुत्छन् 

बारा I मतपेटिका सुरक्षाको लागि बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ७ कवलपुरमा मतदान केन्द्रका कर्मचारीहरू भुईँमै सुत्ने गरेका छन्  । 

आसपासमा घर नहुनुका साथै मतदानस्थल निर्माण र सुरक्षा गर्नुपर्ने भएकाले आफूहरू यहीँ बस्नुपर्ने बाध्यता रहेको  निर्वाचन अधिकृत लालबाबु प्रसाद यादवले बताउनुभयो ।

भारतीय सीमासँग जोडिएको उक्त मतदान केन्द्र अति संवेदनशील केन्द्रमा पर्दछ । निर्वाचनका वेला सीमानाका सिल गरिए पनि खुल्ला सिमानाका कारण उक्त केन्द्र अति संवेदनशील क्षेत्रमा पर्दछ। १० जना प्रहरी र ११ जना अन्य कर्मचारी खटिएका उक्त केन्द्र सीमा क्षेत्रबाट करिब आधा किलोमिटर मात्र उत्तरतर्फ रहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button