तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका ९ मतदान केन्द्रमा महिलाको नेतृत्व

पर्वत । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका ९ वटा मतदान केन्द्रमा महिलाको नेतृत्वमा निर्वाचन सम्पन्न गरिँदै छ ।

ती मतदान केन्द्रमा मुख्य अधिकृत महिला कर्मचारी खटाइएको छ । विवरणअनुसार कुश्मा नगरपालिका–३ को काफलचौर मावि (ग) केन्द्रमा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रकी सहायक प्रशासकीय अधिकृत रञ्जना कट्टेल, नारायण मावि (ख) केन्द्रमा नापी अधिकृत निशा अधिकारी, शिवालय मावि केन्द्रमा पर्यटन तथा उद्योग कार्यालय पर्वतमा कार्यरत अधिकृत मुना अधिकारीलाई खटाइएको छ ।

युवा वर्ष आधारभूत विद्यालय (ख) केन्द्रमा जिल्ला हुलाक कार्यालयबाट हुलाक अधिकृत सरिता अधिकारी, मंगलोदय मावि (ख) केन्द्रमा डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत अरुणा पौडेल, सार्वजनिक मावि (ख) केन्द्रमा जिल्ला कारागारकी प्रमुख शिला श्रेष्ठलाई जिम्मा दिइएको छ ।

फर्से धाइरिङ मावि (ख) केन्द्रमा नवजागृत माविकी शिक्षक रुचिला सापकोटा, जननेत्र मावि (ख) केन्द्रमा कुश्माको आधारभूत स्वास्थ्य केन्द्रकी जानकी रिजाल शर्मा र सरस्वती मावि (ख) केन्द्रमा अन्नपूर्ण माविकी शिक्षक अम्बाकुमारी शर्मालाई पठाइएको छ ।

अझै बढी सङ्ख्यामा महिलाहरूलाई मतदान केन्द्रको जिम्मेवारी दिएर पठाउने प्रयास गरेको भए पनि धेरैले व्यक्तिगत समस्या देखाउँदै निर्वाचनमा जान असमर्थ भएको बताएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले बताउनुभयो । विगतका निर्वाचनमा महिलाको व्यवस्थापनमा मात्रै मतदान केन्द्र सञ्चालनको अभ्यास समेत गरिएको थियो ।

सदरमुकाम कुश्मामा रहने मतदान केन्द्रमा त्यो प्रयास गरिएको भए पनि महिला मात्रै रहनुभन्दा महिला र पुरुष कर्मचारीकै समायोजनमा केन्द्र राख्दा उपयुक्त हुने देखिएपछि महिला मात्रै राखेर मतदान केन्द्र नबनाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button