तपाईँ सुन्दै हुनुहुन्छः

बाराका मतदान स्थलमा मतपेटिका सहित मतपत्र पुग्यो 

बारा । बाराका विभिन्न मतदान स्थलमा मतपेटिका सहित मतपत्र पुगिसकेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरूले मतदानका लागि आवश्यक सम्पूर्ण सामाग्री मतदान केन्द्रमा आइपुगेको जनाएका हुन् । 

सुरक्षाकर्मी, कर्मचारी र निर्वाचन सामाग्री आएसँगै मतदानका लागि व्यवस्थापन तयारी गर्ने कामको थालनी भएको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ बडहर्वा स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा खटिएका सहायक मतदान अधिकृत मुनीलाल कुश्वाहाले बताउनुभयो । यता जिल्ला भरिका मतदान स्थलहरूमा मतपत्र सहित मतपेटिका शुक्रबार पुर्‍याएको निर्वाचन कार्यालय बाराले जनाएको छ । 

जिल्लाका ३ सय ५ मतदान केन्द्र र ५ सय ५५ मतदान स्थलहरूमा प्रतिस्थल ५ वटाका दरमा मतपेटिका पुर्‍याएको निर्वाचन कार्यालय प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो । एक मतदान केन्द्रमा मतदाता सङ्ख्याका आधारमा बढीमा १२ जना सम्म कर्मचारी खटिएका छन् । जसमा नियमित कर्मचारी ८ र स्वयंसेवक ४ जना रहने व्यवस्था गरिएको निर्वाचन कार्यालय प्रमुख चौधरीले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button